skip this

प्रथम निजगढ नगर स्तरिय अन्तर माध्यमिक विद्यालय क्रिकेटमा नेत्रोदयको विजयी सुरुवात

नेरा मा.वि ४७ रनले पराजित

1.77K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–प्रथम निजगढ नगर स्तरिय अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा नेत्रोदय माध्यमिक विद्यालय–७ ले नेरा माध्यमिक विद्यालय–११ लाई ४७ रनले पराजित गर्दै शानदार जितको सुरुवात गरेको छ ।

प्राविधिक कारणले १६ ओभरको सट्टा १२ ओभरमा सीमित गरिएको मैत्रीपूर्ण क्रिकेट खेलमा खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेरा मा.वि–११ ले नेत्रोदयलाई ब्याटिङ गर्न बोलाएको थियो । पहिलो पारीमा नेत्रोदयले १२ ओभरमा १०८ रन बनाउँदै प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत ग¥यो ।

मुबारक अन्सारीले २५ बलमा २३ रन बनाउँदै इनिङलाई सशक्त शुरुआत दिलाए । राजन कुमार रजकले १२ बलमा १४ रन र कमरेड ठाकुरले २२ बलमा १३ रन बनाए ।

नेरा मा.वि–११ बलिङतर्फबाट उशान्तले चम्किलो प्रदर्शन गरे । उनले ३ ओभरमा मात्र ११ रन खर्चेर ४ महत्वपूर्ण विकेट झारे ।

दोस्रो पारीमा लक्ष्य पछ्याउन मैदान उत्रिएको नेरा मा.वि–११ को ब्याटिङ कमजोर रह्यो । पूरै टोली ६१ रनमै समेटियो ।
टिमका कुनै पनि खेलाडीले दोहोरो अंक पार गर्न सकेनन् ।
उशान्तले नै टिमका लागि सबैभन्दा धेरै २२ बलमा ८ रन बनाए ।

नेत्रोदयका बलरहरू डोलनारायण श्रेष्ठ, राजन बैठा र रन्जितले समान २–२ विकेट लिँदै टिमलाई जितको नजिक पु¥याए ।

मुबारक अन्सारीलाई उत्कृष्ट प्रदर्शनको आधारमा ‘म्यान अफ द म्याच’ घोषित गरिएको छ ।

निजगढ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ क्रिकेट क्लबको ब्यवस्थापनमा सञ्चालित प्रतियोगिताको यसअघि मधेस प्रदेश सांसद त्रिलोकीप्रसाद चौधरीले ब्याटिङ्ग र मेयर सुरथ पुरीले बलिङ्ग गरेर उद्घाटन गरेका थिए ।

प्रतियोगिता उद्घाटन समारोहमा मधेस प्रदेश सांसद त्रिलोकीप्रसाद चौधरी, मेयर सुरथ पुरी, उपमेयर सोमाया थिङ्ग, नेकपा (एमाले) निजगढका सचिव थानेश्वर सापकोटा, नेकपा (माओवादी केन्द्र) निजगढका अध्यक्ष सन्तोष दंगाल, रास्वपा जिल्ला सचिव रामहरी खरेल, जनमत पार्टी निजगढ नगर अध्यक्ष मोजहर मन्सुर, नेकपा (एस) का नगर अध्यक्ष भिमप्रसाद सापकोटा, वडा अध्यक्ष घनश्याम तिमल्सिना, टेकबहादुर लामा, स्वर्ण लामा, सहईया गुरो, ज्ञानबहादुर गोले, सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछाने प्रतियोगिता व्यवस्थापक निर्मल सापकोटा, विभिन्न विद्यालय, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, खेलाडी, पत्रकार लगायत खेलप्रीमी दर्शकहरुको उपस्थिति रहेको थियो ।

मेयर पुरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण योजना प्रमुख अजयकुमार उप्रेतीले गरेका थिए ।

nijgadh-supermart-adz1200-630