बडहर्वा फिडरमा पर्ने विभिन्न गाउँ तथा बस्तीहरूमा जेठ २१ गते विहान विद्युत सेवा अवरुद्ध हुने
वि.सं.२०८२ जेठ २० मंगलवार १७:३२
1.12K
shares

बारा- १३२ के.भी. पिलुवा सबस्टेसनमा Substation Automation System जडान कार्यका कारण आगामी मिति २०८२ साल जेठ २१ गते बिहान ७ बजेदेखि १० बजेसम्म तीन घण्टा सटडाउन गरिने भएको छ। सो अवधिमा बडहर्वा फिडर पूर्ण रूपमा बन्द रहनेछ।
सटडाउनको कारणले बडहर्वा फिडरमा पर्ने विभिन्न गाउँ तथा बस्तीहरूमा विद्युत सेवा अवरुद्ध हुने वितरण कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मर्मत तथा प्रविधि स्तरोन्नतिको लागि यो सटडाउन आवश्यक भएको हो।
ग्राहकहरूलाई समयमा जानकारी गराइएकाले वैकल्पिक उपाय अपनाउन पनि अनुरोध गरिएको छ। यस असुविधा प्रति वितरण प्राधिकरणले क्षमायाचना गरेको छ।
वि.सं.२०८२ जेठ २० मंगलवार १७:३२

















