जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै : निजगढमा अन्तरक्रियादेखि सम्मानसम्म
वि.सं.२०८२ जेठ २१ बुधवार ०१:२३

बारा –जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०८२ को अवसरमा आज बाराकाे निजगढमा विशेष कार्यक्रम हुने भएको छ ।
निजगढ नगरपालिका कार्यालयमा नगरपालिकाको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
नगर कार्यपालिकाको कार्यालय, निजगढको सभाहलमा २०८२ साल असार ११ गते (बुधवार) बिहान ११:०० बजे आयोजित उक्त कार्यक्रम अन्तरक्रियात्मक हुनेछ ।

कार्यक्रमको उद्देश्य जातीय विभेद तथा छुवाछूत उन्मूलनमा सचेतना अभिवृद्धि गर्नु रहेको छ।
कार्यक्रममा निजगढ नगरपालिकाका सम्पूर्ण कार्यपालिकाका सदस्यहरू, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, दलित समुदायका वडा सदस्यहरू, दलित अधिकारकर्मीहरू, विविध संघसंस्था प्रमुख एवं प्रतिनिधिहरू, बुद्धिजीवी वर्ग तथा सञ्चारकर्मीहरूको उपस्थिति रहनेछ।
नगर प्रमुख सुरथ पुरी द्वारा हस्ताक्षरित पत्रमा सबै सम्बन्धित पक्षलाई कार्यक्रममा उपस्थित भई सफल बनाइदिन अनुरोध गरिएको छ ।
सम्मान कार्यक्रम हुने
दिवसको अवसरमा निजगढ नगरपालिकाको लक्षित कोषको सहयोगमा फास्ट ट्याक मिडिया प्रा.लि. काे आयाेजनामा नगरपालिका कार्यालयमा सम्मान कार्यक्रम हुदैछ ।

कार्यपालिका सदस्य एवम् जातीय विभेद छुवाछूत अनुगमन समितिकी संयाेजक मैयाकुमारी सुनार (अरुणा) काे प्रस्तावमा दलित-गैरदलित विवाह जोडिहरू, परम्परागत पेशामा आवद्ध दलित समुदाय, र दलित अधिकारकर्मीहरूलाई सम्मान गरिन लागेकाे हाे ।
सम्मान समारोह जातीय भेदभाव अन्त्य र सामाजिक समावेशीताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको साथै, यस दिनलाई राष्ट्रिय दलित दिवसको अवसरका रूपमा मनाइने जानकारी आयोजक संस्था फास्ट ट्र्याक मिडियाका अध्यक्ष महेश्वर अधिकारीले जानकारी दिए ।
वि.सं.२०८२ जेठ २१ बुधवार ०१:२३

















