skip this farak Kura Pravakar

जीतपुरसिमरा उपमहानगरपालिकामा चालू आर्थिक वर्षको भुक्तानी असार १५ गतेसम्म मात्र हुने

837 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-जीतपुरसिमरा उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ को भुक्तानी प्रक्रिया असार १५ गते (२०७८/०३/२५) भित्रै सम्पन्न गर्न सम्बन्धित शाखा, वडाकार्यालय, निर्माण समितिहरूलाई निर्देशन दिएको छ।

नागरिकलाई समयमै सेवा प्रवाह तथा आर्थिक अनुशासन कायम राख्न उक्त म्यादभन्दा अघि नै भुक्तानीको फाइल सम्पूर्णरूपमा तयार पार्न र आवश्यक कागजातहरू पेस गर्न भनिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (७) अनुसार आर्थिक वर्ष समाप्त हुनु सात दिन अगावै भुक्तानी रोक्नुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ।

सूचनामा नेपाल सरकार तथा प्रदेश सरकारका प्रणालीहरू बन्द हुने, सिस्टम डाउन हुने जस्ता प्रविधिगत समस्या आउन सक्ने भएकाले ढिलो नगरी समयमै फाइल पेस गर्न निमित्त प्रशासकीय अधिकृत शिवजी प्रसादले अनुरोध गरेका छन् । ढिलो भएमा भुक्तानी प्रक्रिया रोकिन सक्ने उल्लेख गरिएको छ।

सूचना सबै सम्बन्धित शाखा तथा कार्यालयहरूमा पठाइएको छ भने जीतपुरसिमरा उपमहानगरपालिकाको वेबसाइट र फेसबुक पेजमार्फत पनि सार्वजनिक गरिएको छ।

nijgadh-supermart-adz1200-630