skip this farak Kura Pravakar

निजगढमै राष्ट्रिय परिचयपत्र सेवा उपलब्ध गराउने पहल !

1.48K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा—नेपाल सरकारले अनिवार्य गरिरहे‍को राष्ट्रिय परिचयपत्र अब निजगढ नगरभित्रै बाटै सेवा प्रवाह हुने सम्भावना प्रबल बनेको छ ।

आज ईलाका प्रशासन कार्यालय सिमरामा भएको विशेष छलफलमा निजगढ नगरपालिका वडा नं. ८ का अध्यक्ष स्वर्ण लामा र सामाजिक अभियन्ता रविराज दंगालले प्रमुख तेजराज शर्मासँग राष्ट्रिय परिचयपत्र सम्बन्धी समस्या समाधानका लागि गम्भीर संवाद गरेका थिए ।

छलफलपछि प्रमुख शर्मा‍ले सोही क्षणमा राष्ट्रिय पञ्जीकरण विभाग र जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख (सिडियो) बसन्त अधिकारीसँग प्रत्यक्ष संवाद गर्दै निकट भविष्यमै निजगढमै परिचयपत्र वितरणका लागि डेक्स स्थापनाको प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका छन् ।

हाल सयौंको संख्यामा वृद्धवृद्धाहरू परिचयपत्र लिनका लागि सिमरा वा कलैया धाउनुपर्ने बाध्यताले उनीहरूलाई कष्टकर यात्रा र लामो पर्खाइको सामना गर्नुपरेको छ ।

यो पहलले निजगढका बासिन्दालाई ठूलो सहजता ल्याउने विश्वास गरिएको छ । नागरिक स्तरबाट लिएको यो सक्रियताले राज्य सेवा नागरिकको पहुँचमा पुर्‍याउने दिशामा सकारात्मक संकेत देखिएको छ ।

अब निजगढमै राष्ट्रिय परिचयपत्र सेवा प्राप्त हुने अपेक्षा नागरिकहरूमा बढ्दो छ ।

nijgadh-supermart-adz1200-630