स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय
वि.सं.२०७८ माघ ७ शुक्रवार १९:५५
945
shares
फाईल तस्वीर
काठमाडौं : सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने निर्णय गरेको हो ।
स्थानीय तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएको भन्दै संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनले भने, ‘निर्वाचनबारे विभिन्न प्रस्तावमाथि छलफल भएको छ ।
यस विषयमा गठबन्धनको तर्फबाट कानुनविदहरुसँग परामर्श गर्ने निर्णय भएको छ । ‘संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न गरिने उनको भनाइ छ।
वि.सं.२०७८ माघ ७ शुक्रवार १९:५५
















