सामाजिक विकृति विरुद्ध जीतपुरसिमरा-४ औराहामा सामाजिक विषय अन्तर्गत प्लेकार्ड प्रदर्शन
वि.सं.२०८२ असार १७ मंगलवार २०:०१

बारा-जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, औराहामा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरूले सामाजिक विषय अन्तरगत “सामाजिक विकृति तथा विसंगति” विरुद्ध सचेतना फैलाउने उद्देश्यले पलेकार्ड प्रदर्शन कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा विद्यार्थीहरूले सामाजिक कुरीति, बालविवाह, मद्यपान, छुवाछुत, भ्रुण हत्या, लैङ्गिक विभेद लगायतका विभिन्न सामाजिक विकृतिहरूको अन्त्यको सन्देश दिने नारासहितका पलेकार्डहरू प्रदर्शन गरेका थिए ।
विद्यालयका सामाजिक विषयका शिक्षकको समन्वयमा सम्पन्न उक्त सचेतना कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक चेतना अभिवृद्धि गर्नुका साथै समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास लिइएको विद्यालयका सूचना अधिकारी धनप्रसाद बजगाईले बताए ।
विद्यालय प्रशासनले यस किसिमका सचेतनामूलक कार्यक्रमहरूले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउने र सामाजिक जिम्मेवारीबोध गराउने बताएको छ ।
वि.सं.२०८२ असार १७ मंगलवार २०:०१
















