निजगढकाे बकैया खाेलामा च्यानलाइज निर्माणमा खटिएको एस्काभेटर बाढीले डुबायाे
वि.सं.२०८२ असार २६ बिहीवार ०७:५७

बारा-पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ स्थित बकेया पुलमा निर्माण हुँदै गरेको च्यानलाइजसँगै बाढीले एकाभेटर समेत डुबाएको छ ।
निजगढ नगरपालिकाको पहलमा सडक डिभिजन कार्यालयले निर्माण गर्दै गरेकाे ड्याम जाेगाउन बनाइँदै गरेको च्यानललाई अचानक बाढी आएपछि डुबाएको हो । बाढी आएपछि च्यानलाइज बनाउन खटिएका एस्काभेटरहरू निकाल्ने क्रममा एउटा एस्काभेटर निकाल्न नपाउँदै बाढीले क्षति पुर्याएको हो ।
निजगढ नगरपालिकाका सब इन्जिनियर नवीन खनालका अनुसार च्यानलाइज निर्माणले ड्याम जोगाउने प्रयास भएकोमा बनाउँदै गर्दा बाढीले क्षति पुर्याएको हो ।
बकैया खोलामा बर्सिने आउने बाडीले ड्यामलाई क्षति पुर्याउँदै आएको छ । बाडीबाट गाउने जोखिममा परेको चिन्ता मास नगरपालिकाको पहलमा सडकबाट ड्याम निर्माण गरेर क्षति कम प्रयास भइरहेको छ ।
वि.सं.२०८२ असार २६ बिहीवार ०७:५७

















