ब्रीलेन्ट पब्लिकेसनद्वारा निजगढ-६ काे श्री गौरीशंकर माविमा स्मार्ट प्रोजेक्टर प्रदान
वि.सं.२०८२ असार २६ बिहीवार ११:३५

बारा-ब्रीलेन्ट पब्लिकेसन प्रा.लि. काठमाडौंले निजगढ नगरपालिका–६, सडकटोलस्थित श्री गौरीशंकर माध्यामिक विद्यालयलाई एक थान स्मार्ट प्रोजेक्टर प्रदान गरिएको छ ।
शैक्षिक प्रविधिको प्रवर्धन र गुणस्तरीय शिक्षा प्रवाहमा योगदान पुर्याउने उद्देश्यले ब्रीलेन्टले स्मार्ट प्रोजेक्टर प्रदान गरेकाे सञ्चालक खड्ग प्रसाँईले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटाले उक्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै शिक्षाको प्रविधीकरणतर्फ यो एक महत्वपूर्ण टेवा हुने बताएका छन् ।
विद्यालयका प्रधानाध्यापक यादवकुमार तिमल्सिनाले ब्रीलेन्ट पब्लिकेसनप्रति विशेष धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताएका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य उमेश खड्का, पुनम कार्की, शिक्षक प्रतिनिधि अर्जुन पाण्डे लगायत सहभागी थिए ।
वि.सं.२०८२ असार २६ बिहीवार ११:३५
















