skip this farak Kura Pravakar

निजगढका अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन हारपिक र फिनेल बनाउने तालिम (भिडियोसहित)

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन तथा उनीहरूको सीप विकास गर्ने उद्देश्यले बाराको निजगढ नगरपालिका वडा नं. ७, अवतार टोलमा हारपिक र फिनेल बनाउने तालिम सम्पन्न भएको छ ।

दबिएकको आवाज बुलन्द होस्, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार हनन नहोस् भन्ने मूल नाराका साथ आयोजना गरिएको तालिममा सहभागीहरूले घरेलु सरसफाइ सामग्री बनाउन सिकेका छन् ।

तालिम कार्यक्रम “समृद्ध समाजका लागि युवा सशक्तिकरण (भ्थ्भ्क्), वीरगञ्जको आयोजनामा तथा निजगढ नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो । तीन दिने तालिममा सहभागीहरूलाई हारपिक र फिनेल बनाउने कच्चा पदार्थ, प्रक्रिया तथा बिक्री वितरण सम्बन्धी ज्ञान प्रदान गरिएको थियो ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा परनिर्भर भएर बाच्नु पर्ने अवस्थाका अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन तालिम महत्वपूर्ण हुने बताएका छन् ।

वडा अध्यक्ष लामाले सिप लिन आवश्यक रहेको भन्दै व्यवहारिक शिक्षा आवश्यक रहेको जोड दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश सदस्य एवं निजगढ नगर इन्चार्ज रविराज दंगालले अपाङ्गता भएका व्यक्ति तथा संस्थाले उत्पादन गरेको सामाग्रीको बजारको उचित व्यवस्थापन गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने धारणा राखेका छन् ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायव निरीक्षक खड्गबहादुर खड्काले सपाङ्गजस्तै उत्साहका साथ तालिममा सहभागि भएर प्राप्त गरेको सिपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । आय आर्जनको माध्यम बनाउन आवश्यक रहेको बताएका छन्

फास्ट ट्रयाक मिडिया प्रा. लि. का अध्यक्ष महेश्वर अधिकारीले सीपलाई उद्यममा जोड दिनुपर्ने भन्दै आफुसँगै राष्ट्रलाई समेत आत्मनिर्भर बनाउन सकिने बताए ।

निजगढ नगरपालिकाकी सहायक महिला विकास निरीक्षक रोजी श्रेष्ठले निजगढ नगरपालिकाले आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताईन् ।

कार्यक्रममा एकता नेपालकी अध्यक्ष धनमाया लामा, तालिमका प्रशिक्षक अमन घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको थिए भने कार्यक्रममा प्रशिक्षार्थीहरुले समेत अनुभव सुनाएका थिए ।

कार्यक्रममा निजगढ नगरपालिका लघु उद्यम विकास शाखाकी प्रमुख शुसिला रौनियारलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागिलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
आयोजक संस्थाका कोषाध्यक्ष रुपशिला रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा संस्था सचिव राजिव न्यौपानेले स्वागत र सञ्चालन संस्थाका अध्यक्ष महेश साहले गरेका थिए ।

nijgadh-supermart-adz1200-630