skip this farak Kura Pravakar

नेपालको प्रतिनिधित्व गर्दै हेटौंडाका युवा अन्तर्राष्ट्रिय युनेस्को मोडल सम्मेलनमा

2.88K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– नेपालको प्रतिनिधित्व गर्दै हेटौंडाका ४ जना युवा विद्यार्थी अन्तर्राष्ट्रिय युनेस्को मोडल सम्मेलनमा सहभागी भएका छन् ।

हेटौंडास्थित नवोदय शिशु सदन ईङ्गलिस सेकेन्डरी स्कुलका चार जना विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाउने अवसर पाएका छन् ।

विद्यालयको २०८० सालको एसईई ब्याचका आरुष चौलागाईं, सौहाद्र्र सुवेदी, ऋषव सापकोटा, र रोनाश उप्रेती “Model UNESCO International Conference on Smart and Sustainable Cities 2025” मा सहभागी भएका हुन् ।

सम्मेलन जुलाई १८, २०२५ मा हङकङमा आयोजना भएको हो । जहाँ संसारभरका प्रतिभावान विद्यार्थीहरूले भविष्यका शहरहरूलाई स्मार्ट र दिगो बनाउने अवधारणामा आफ्नो विचार, प्रस्तुति र समाधानहरू प्रस्तुत गर्ने छन् ।

विद्यार्थीहरूको यस सहभागिता नवोदय शिशु सदन र हेटौंडा शहर मात्र नभई सम्पूर्ण नेपालको युवा पुस्ता को लागि गर्वको विषय बनेको छ । उनीहरूले सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै नवीन सोच, अनुसन्धान, र नवप्रवर्तनका माध्यमबाट सन्देश प्रवाह गर्ने छन् ।

विद्यार्थीहरूलाई सम्मेलनका लागि विशेष तयारी, अनुसन्धान र प्रस्तुति सीप विकासमा सहयोग पु¥याइएको थियो । उनीहरूको चयन प्रतिस्पर्धात्मक प्रक्रियामार्फत भएको हो, जहाँ विभिन्न देशका विद्यार्थीहरूबाट प्रस्तुत विचार, प्रस्तुति र भाषिक क्षमता मूल्यांकन गरिएको थियो ।

हेटौंडाका विद्यार्थीहरूलाई विश्व मञ्चमा प्रस्तुत हुने अवसर मिल्नु केवल विद्यालयको मात्र नभई देशकै प्रतिष्ठाको विषय भएको विद्यालयले प्रशासनले उल्लेख गरेको छ । उनीहरूले नेपालको सम्भावनाशील युवा पुस्ताको आवाज बन्ने विश्वास लिईएको छ ।

यस उपलब्धिले अन्य विद्यालय र युवाहरूलाई पनि प्रेरणा दिने विद्यालयको अपेक्षा छ । नवोदय शिशु सदन ईङ्गलिस सेकेन्डरी स्कुलले भविष्यमा पनि यस्ता अवसरहरूमा सहभागीता बढाउन उत्प्रेरणा प्रदान गर्ने जनाएको छ ।

nijgadh-supermart-adz1200-630