skip this farak Kura Pravakar

सिचाई गर्न विद्युत् आपूर्तिमा अवरोध भए आन्दोलन गर्ने पचरौता नगर प्रमुख सिंहको चेतावनी

942 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा—पचरौता नगर क्षेत्रमा लामो समयदेखि विद्युत् आपूर्ति अवरोध भइरहेका कारण किसानहरु सिचाइमा गम्भीर समस्यामा परेका छन्। यसै विषयमा नगर प्रमुख जलन्धर सिंहले कडा आपत्ति जनाउँदै आवश्यक सुधार नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

आइतबार सिम्रौनगढ वितरण केन्द्र प्रमुख तैय्यब अंसारीलाई उनको कार्यकक्षमै भेटेर नगर प्रमुख सिंहले पचरौतामा विद्युत आपूर्तिको समस्या तत्काल समाधान गर्न दबाब दिएका हुन्।

“सिचाइ गर्ने महत्वपूर्ण समयमा विद्युत आपूर्ति सहज नभई किसानहरू मर्कामा परेका छन्। यदि तत्काल समस्या समाधान भएन भने नगरवासीसँगै सडकमा उत्रनु पर्ने बाध्यता हुनेछ,” नगर प्रमुख सिंहले भने।

नगरपालिकाले किसानहरूको मागलाई सम्बोधन गर्न आवश्यक कदम चाल्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको छ।

nijgadh-supermart-adz1200-630