skip this farak Kura Pravakar

निजगढकी महिला नेतृ दिपिका साह अभिनित तीज गित सार्वजनिक

2.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको निजगढ नगरपालिका–१० लालकी चेली दिपिका साह अभिनित तीज गित सार्वजनिक भएको छ ।

युवा संघ नेपालकी केन्द्रीय सदस्य एवं बारा इन्चार्ज समेत रहेकी साह मुख्य भूमिकामा रहेको तीज गित जोर मादल सोमबार दिपक केसीको अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।

दिनेश सिंह ठकुरीले निर्देशन गरेको गितको यसपालिको तीजलाई लक्षित गरेर सार्वजनिक भएको हो ।

गीत सार्वजनिक भएसँगै दिपिकाको चर्चा भईरहेको छ । सामाजिक सञ्जालमार्फत उनलाई कला क्षेत्रमा प्रवेश गरेको भन्दै बधाई दिईएको छ ।

यता दिपिकाले गितको म्यूजिक भिडियो सेयर गर्दै कलाकारिता आफ्नो पेशा नभएको उल्लेख गरेकी छिन् । उनले पेशाले राजनीतिमा सक्रिय भए पनि पत्रकारितामा अध्ययन गरेको भएर मिडिया क्षेत्रमा पनि पहिलेदेखि नै नजिक रहेको उल्लेख बताएकी छिन् ।

उनले नेपाल वान टेलिभिजनमा “सवाल परिवर्तन” कार्यक्रम सञ्चालन गर्दै मिडिया यात्रा सुरु गरेको भन्दै मिस ई कलेज हुदै सार्वजनिक जीवनमा प्रवेश गरेकाले पहिलो पटक आफ्नै दाइको प्रस्तावमा अभिनयको अवसर पाएको बताएकी छिन् । यसपालिको तीजमा सबैले यो गीत हेरेर, सुनेर, र एकपल्ट भए पनि नाचेर साथ दिनुहोस्,” साहको भनाइ छ ।

म्यूजिक भिडियोमा दिपिकासहित कलाकार दिपक के.सी, दिपिका अधिकारीको अभिनय रहेको छ ।

किरण गुरुङको शब्द/संगीत रहेको गितमा स्वर लक्ष्मी परियार, दिपक के.सीको रहेको छ ।

संगीत संयोजन, मिक्सिङ, मास्टरिङ हेमराज डाँगी, अडियो/भिडियो दिपक के.सी, कोरियोग्राफी÷निर्देशन दिनेश सिंह ठकुरी, छायांकन सरोज शाही, सम्पादन/रङ सरोज शाही र सह–निर्देशक सुवास गौतम रहेका छन् ।

nijgadh-supermart-adz1200-630