skip this

निजगढकी अनु माझी साफ यु-१७ महिला च्याम्पियनसिपका लागि टोलीमा चयन

1.53K shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-निजगढ फुटबल क्लबकी प्रतिभाशाली खेलाडी अनु माझी भुटानमा हुने साफ यु–१७ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोलीमा चयन भएकी छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार सार्वजनिक गरेको २३ सदस्यीय टोलीमा अनु पनि अटाएकी हुन्। यु–१७ टोली बनाउन एन्फाले देशव्यापी खुला छनोटको आयोजना गरेको थियो।

साफ यु–१७ महिला च्याम्पियनसिप आगामी अगस्ट २० देखि ३१ सम्म भुटानमा हुनेछ। प्रतियोगितामा नेपाल, आयोजक भुटान, भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले अगस्ट २० मा भारतसँग भिड्ने कार्यक्रम छ।

nijgadh-supermart-adz1200-630