बकैया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पोखरेलको पदभार ग्रहण
वि.सं.२०८२ साउन २८ बुधवार १८:२५
1.15K
shares

बारा-बकैया गाउँपालिकामा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले आज मिति २०८२ साल श्रावण २८ गते पदभार ग्रहण गर्नुभएको छ।
गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने र उपाध्यक्ष भक्तबहादुर खत्रीले कार्यकक्षमा आयोजित कार्यक्रममा पोखरेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
पदभार ग्रहणपछि पोखरेलले स्थानीय विकास, सेवा प्रवाहको गुणस्तर सुधार र पारदर्शी प्रशासनिक प्रणालीका लागि आफू प्रतिबद्ध रहने बताएका छन्।
वि.सं.२०८२ साउन २८ बुधवार १८:२५
















