skip this

सिमरा खानेपानीको २३ औं साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास

नयाँ नेतृत्व चयन प्रकृया शुरु

747 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २३ औं बार्षिक साधारण सभा शनिवार सिमरामा सम्पन्न भएको छ ।

साधारण सभाको मधेश प्रदेशका मूख्यमन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेको थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेशका मूख्यमन्त्री सोनलले सिमरा खानेपानीको उन्नतीका लागि प्रदेश सरकारका तर्फबाट आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेपाली काँग्रेस जीतपुरसिमराका सभापति छबी शर्मा, नेकपा एमालेका जीतपुरसिमरा अध्यक्ष त्रिलोक विक्रम शाह, माओबादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल, रास्वपाका नगर सभापति सुरेश केसी, लोकतान्त्रिक समाजवादी पार्टीका नगर अध्यक्ष सरोज पटेल, पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन जनहित उपभोक्ता समिति सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठ लगायतले सिमरा खानेपानीको नयाँ नेतृत्व चयन प्रकृयाका लागि शुभकामना दिएका थिए ।

कार्यक्रममा स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्व कार्यालय प्रमुख दिनेश पन्त सहित उत्कृष्ट कर्मचारी र पाँचजना उत्कृष्ट उपभोक्तालाई सम्मानित गरिएको थियो ।

याँ नेतृत्व चयनको प्रकृया अघि बढ्यो

अधिवेशन सहितको साधारण सभाले नयाँ नेतृत्व चयनको प्रकृया अघि बढाएको छ ।

कासिम हुसेन नेतृत्वको वर्तमान कार्यसमिति विघटन गरि निर्वाचन समितिलाई निर्वाचन सम्पन्न गर्ने म्याण्डेट प्रदान गरिएको छ ।

सिमरा कलेजका सहप्राध्यापक शालिकराम अधिकारी संयोजक रहेको निर्वाचन समितिले निर्वाचन प्रकृया सम्पन्न गर्नेछ ।

नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास सफल नभए मतदानबाट कार्यसमिति चयन गर्नुपर्ने भएकाले निर्वाचन प्रकृया सम्पन्न हुन केहि दिन लाग्ने निर्वाचन समिति संयोजक शालिकराम अधिकारीले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630