देउसी भैला खेलेर योगदान राष्ट्रको लागिद्धारा नि:शुल्क मुटु राेग परीक्षण शिविर सञ्चालन, ३५२ जनाले लिए सेवा
वि.सं.२०८२ मंसिर १२ शुक्रवार १९:४९
843
shares

बारा-योगदान राष्ट्रको लागि निजगढ नगर समितिको आयोजना र नेसनल मेडिकल कलेज बिरगंजको प्राबिधिक सहयोगमा निःशुल्क मुटु परिक्षण शिविर सम्पन्न भएको छ ।
गाैरीशंकर क्याम्पस परिषरमा गरिएको चेक जाँचमा ३५२ जनाले सेवा लिएका छन् ।
देउसी भैला खेलेर नि:शुल्क मुटु राेग परीक्षण शिविर सञ्चालन गरिएको अध्यक्ष सरस्वती चाैलागाइले बताईन् ।

अन्य शिविरहरु भईरहेपनि निजगढका अस्पतालमा समेत मुटु परीक्षणकाे उपकरण नभएको अवस्थामा शिविर आयाेजना गरिएको कार्यक्रम संयोजक राम हरी खरेलले बताएका छन् ।
नेशनल मेडिकल कलेका विद्यार्थी प्रशान्त भण्डारीले कलेजले सामाजिक उत्दायित्व अन्तरगत शिविरमा प्राविधिक सहयोग गरेकाे बताएका छन् ।

वि.सं.२०८२ मंसिर १२ शुक्रवार १९:४९

















