पानी उद्योग बाराका ब्यबस्थापक राम किशोर सिंहको हत्या
वि.सं.२०८२ मंसिर १२ शुक्रवार १९:५८
741
shares

बारा-बाराकाे प्रस्रौनी गाउँपालिका-६ भलुही चाेकस्थित नेपाल निर ब्राण्डको पानीकाे उत्पादक कम्पनी किरण ब्रेभरेज नेपाल प्रा.लि. का ब्यबस्थापक राम किशाेर सिहकाे बीभत्स हत्या भएको छ ।
शरिरकाे विभिन्न भागमा धारिलाे हतियार प्रयाेग गरि हत्या गरिएको अबस्थामा उद्योग छेउमै शुक्रबार बिहान फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराकाे टाेलीले घटनास्थलबाट शव संकलन गरेर छानविन शुरु गरेको छ ।
घटना पछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले सर्लाहीको घर्काेल गाँउपालिका-२ का राम किशाेर सिंहकाे धारिलो हतियार प्रयाेग गरेर हत्या भएको बताएका छन् ।
वि.सं.२०८२ मंसिर १२ शुक्रवार १९:५८

















