skip this farak Kura Pravakar

११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन प्रकृया सुरु, बारा १ मा पाँच जनाका लागि ३२ जनाको उम्मेदवारी दर्ता

852 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै बारा क्षेत्र नं.–१ बाट प्रतिनिधि छनौंटका लागि ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यो क्षेत्रबाट दुई÷दुई जना खुला र महिला, एक जना यूवा गरि पाँच जना निर्वाचित हुनेछन् । जसमा युवा क्लस्टरमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरि महिलातर्फ ४ जना र खुलातर्फ १९ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत भरतबहादुर भण्डारीले जानकारी दिएका छन् ।

कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित तामागढी इभेन्ट भेन्युमा स्थापना गरिएको निर्वाचन कार्यालयबाट यूवामा शम्भु साह कलवार, गोकुलप्रसाद तिमल्सिना, विजय तिमल्सिना, शर्मिला केसी, सुदीप तिमल्सिना, पुरुषोत्तम भट्टराई, मुकेशप्रसाद जैसवाल, सरिता (यम) कुमारी सापकोटा, दामोदर मैनाली रहेका छन् ।

त्यसैगरि महिलामा झम्ककुमारी खत्री, दुर्गाकुमारी कोइराला, लिलादेबी लामिछाने, सोम माया थिङ्ग रहेका छन् ।

त्यस्तै खुलातर्फ अम्बिकाप्रसाद चौलागाई, तिलक घलान, ताराचन्द्रप्रसाद साह, एकबहादुर श्रेष्ठ, ढुण्डिराज उप्रेती, कर्णबहादुर लामा, केवलप्रसाद चौधरी, त्रिलोकीप्रसाद चौधरी, सुरथ पुरी, थानेश्वर सापकोटा (अविरल), लालबाबुप्रसाद यादव, रामकृष्ण घिमिरे, थानेश्वर सापकोटा, महेन्द्र प्रसाद जैसवाल, बृजकिशोर चौधरी, दिपकप्रसाद चौधरी, पलटप्रसाद चौधरी, चेतनाथ रिजाल, यादवकुमार तिमल्सिना रहेका छन् ।

२४ सय ३७ प्रतिनिधि रहेको बारा–१ मा प्रतिस्पर्धा रोचक हुने देखिएको छ । मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशन हुनेछ ।

निर्वाचन अधिकृत भण्डारीका अनुसार शुक्रबार विहान १० बजेदेखि उम्मेदवारका विचमा छलफल गराईनेछ । ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताको कार्यतालिका रहेको छ । लोकतान्त्रिक परिपाटी अनुसार नै पाँच बजेसम्म सहमतिको प्रयास गरिने र सहमतिबाट नटुङ्गिएमा १३ गते निर्वाचन गर्ने निर्वाचन अधिकृत भण्डारीले जानकारी दिएका छन् ।

nijgadh-supermart-adz1200-630