skip this farak Kura Pravakar

निजगढमा पुस ४ र ५ गते चौथो मधेस प्रदेश खुल्ला तेक्वान्दो च्याम्पियनसिप हुने

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा—मधेस प्रदेशस्तरीय चौथो खुल्ला तेक्वान्दो च्याम्पियनसिप आगामी पुस ४ र ५ गते निजगढमा हुने भएको छ ।

श्री जनज्योति आधारभूत तेक्वान्दो डोजाङ आयोजना गर्ने तेक्वान्दो च्याम्पियनसिप निजगढ–९ स्थित जनज्योति आधारभूत विद्यालय परिसरमा सञ्चालन हुनेछ ।

मधेस प्रदेशका आठ जिल्लाका २० वटा डोजाङबाट २०० भन्दा बढी खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने श्री जनज्योति आधारभूत तेक्वान्दो डोजाङका प्रमुख राजु माझीले बताएका छन् ।

राजमार्ग होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा पुरुषतर्फ ९ वटा र महिलातर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा हुने र पुन्से विधातर्फ एकल र जोडी प्रतिस्पर्धा गर्ने जानकारी गराईएको छ ।

प्रतियोगिताको विजेता टिमले ट्रफि र मेडल प्राप्त गर्नेछ । प्रथम र द्वितीय भएको तौल समूहका खेलाडीलाई समेत मेडल र नगद प्रदान गरिने भएको छ । प्रथम हुने खेलाडीलाई एक हजार रुपैयाँ र द्वितीय हुनेलाई पाँच सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । त्यसैगरि उत्कृष्ट महिला र पुरुष खेलाडीलाई दुई हजार पाँच सयका दरले नगद समेत प्रदान गरिनेछ ।

सहयोगी दाताहरुबाट सहयोग जुटाएर सञ्चालन गर्न लागिएको प्रतियोगिता सम्पन्न गर्न करिब पाँच लाख खर्च लाग्ने डोजाङ्ग प्रमुख माझीले जानकारी दिएका छन् ।

प्रतियोगिताको साविक विजेता धनुषाको प्रिया तेक्वान्दो डोजाङ रहेको छ । त्यसैगरि पहिलो संस्करण आयोजक जनज्योति आधारभूत तेक्वान्दो डोजाङ, दोस्रो संस्करण महोत्तरीको क्रियटिभ तेक्वान्दो डोजाङले जितेको थियो ।

पत्रकार सम्मेलनमा सहभागि नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य गुरुप्रसाद गौतमले प्रतियोगिताले मधेस प्रदेशमा तेक्वान्दो खेलको विकास, खेलाडीहरूको प्रतिभा उजागर तथा आपसी प्रतिस्पर्धा र खेलभावना अभिवृद्धि गर्ने बताएका छन् ।

प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापक राजु माझीको नेतृत्वमा अतिथि सत्कार अनु बस्नेत, रेफ्री व्यावस्थापन उदयराज पाण्डे, खेलाडी व्यवस्थापन गौरव दाहाल, होटल व्यावस्थापन निशान्त अर्याल, खेलकुदयो व्यावस्थापन पवन श्रेष्ठ, सल्लाहकार हेमलाल श्रेष्ठ, अलराउन्डर ईश्वर सापकोटा र मिडियो कोर्डिनेटर महेश्वर अधिकारीको जिम्मेवारी तोकिएको छ ।

nijgadh-supermart-adz1200-630