skip this

निजगढमा सहकारी हाँकिरहेकी दुर्गा नेकपा (एमाले) को केन्द्रिय सदस्यको दौडमा

978 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–८ की दुर्गाकुमारी घिमिरे कोईराला नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवार बनेकी छिन् ।

महिला (मधेस भुगोल) बाट केन्द्रिय सदस्यको उम्मेदवार बनेकी दुर्गा इश्वर पोखेल प्यानबाट समेटिएकी छिन् ।

पार्टी मधेस प्रदेश कमिटी सदस्य रहेकी दुर्गा पुरानो महिला नेतृ मध्ये एक हुन् । उनी पार्टी गतिविधिसँगै सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय छिन् ।

उनी सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रिय सदस्य समेत रहेकी दुर्गाले निजगढ–९ स्थित हिमचुली साना किसान कृषि सहकारी संस्थाको नेतृत्व गरिरहेकी छिन् ।

संगठनप्रतिको निष्ठा, लामो राजनीतिक अनुभव र महिला तथा मधेसको सशक्त आवाज बनेर योगदान पु¥याउने उद्देश्यले उम्मेदवारी दिएको भन्दै उनले अमूल्य मत प्रदान गरिदिनुहुन विनम्र अनुरोध गरेकी छिन् ।

nijgadh-supermart-adz1200-630