skip this
आलम एमालेका नव निर्वाचित केन्द्रिय सदस्य हुन् ।

बाराका मोविन एमालेको युवाकेन्द्रित युवा परिचालन अभियानको मधेस प्रदेशको कमाण्डर

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले घोषणा गरेको युवाकेन्द्रित युवा परिचालन अभियानको मधेस प्रदेश कमाण्डरको जिम्मेवारी बाराका युवा नेता मोविन आलमलाई प्रदान गरिएको छ।

आलम एमालेका नव निर्वाचित केन्द्रिय सदस्य हुन् ।

युवालाई राजनीतिको मूलधारमा सक्रिय रूपमा जोड्दै पार्टीको नीति, विचार र कार्यक्रमलाई गाउँ–गाउँसम्म प्रभावकारी रूपमा पुर्‍याउने लक्ष्यसहित आलमलाई महत्वपूर्ण जिम्मेवारी दिइएको हो ।

पार्टी नेतृत्वका अनुसार यो अभियान समयसापेक्ष, दूरदर्शी र आशालाग्दो पहलका रूपमा अघि बढाइएको छ। मधेस प्रदेशमा युवाको ठूलो जनसंख्या र सक्रिय सहभागितालाई मध्यनजर गर्दै संगठन सुदृढीकरणका लागि आलमको नेतृत्वलाई मुख्य प्राथमिकतामा राखिएको बताइएको छ। बारा जिल्लाबाट उदाएका आलम युवामाझ लोकप्रिय तथा संगठन निर्माणमा सक्रिय नेताका रूपमा परिचित छन् ।

एमालेले यस अभियानको केन्द्रीय कमाण्डरका रूपमा केन्द्रीय संयोजक क्षितिज थेवे र सह–संयोजक समिक बडाललाई जिम्मेवारी दिएको छ। उनीहरूको नेतृत्वमा प्रदेश, जिल्ला र स्थानीय तहसम्म युवालाई संगठित गर्दै पार्टीलाई थप मजबुत बनाउने रणनीति लिइएको छ ।

मधेस प्रदेश कमाण्डरका रूपमा मोविन आलमले युवालाई राजनीतिक चेतना, अनुशासन र संगठनात्मक भूमिकामा सक्रिय गराउँदै एमालेको जनआधार विस्तार गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ।

nijgadh-supermart-adz1200-630