skip this farak Kura Pravakar

नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाको २९औँ वार्षिक साधारण सभा पौष २६ गते

639 shares
oil-nigam-amlekhgunj-adv.jpeg

<span;>नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाको २९औँ वार्षिक साधारण सभा पौष २६ गते
<span;>बारा- नेपाल रेडक्रस सोसाइटी, निजगढ उपशाखाको २९औँ वार्षिक साधारण सभा आगामी २०८२ साल पौष २६ गते शनिबार आयोजना हुने भएको छ ।

<span;>निजगढ–९ स्थित नेपाल रेडक्रस भवनमा बिहान ११ बजेदेखि सुरु हुने उक्त सभामा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजना तथा संस्थागत विषयमा छलफल गरिनेछ ।

<span;>उपशाखाका सभापति रुद्रप्रसाद धितालले जानकारी दिँदै सभामा आजीवन सदस्य, पदाधिकारी, स्वयंसेवक तथा सरोकारवाला निकायको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार सभाबाट संस्थाको आगामी दिशा र सेवा विस्तारमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।

<span;>सभालाई सफल बनाउन सबै सदस्य तथा सम्बन्धित पक्षलाई समयमै उपस्थित हुन सभापति धितालले आग्रह गरेका छन् ।

nijgadh-supermart-adz1200-630