यी हुन् नेपाली कांग्रेसका बाराका ४ वटै निर्वाचन क्षेत्रका उम्मेदवार, बारा १ मा शम्भुले पाए टिकट
वि.सं.२०८२ माघ ५ सोमवार २१:२८
बारा–नेपाली कांग्रेसले आउँदो प्रतिनिधि सभा निर्वाचनका लागि बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।
कांग्रेसले चारै क्षेत्रमा रुख चुनाव चिन्हमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
कांग्रेसका अनुसार बारा क्षेत्र नं. १ बाट शम्भु बुढाथोकी, क्षेत्र नं. २ बाट भैयाराम यादव, क्षेत्र नं. ३ बाट फर्मुल्लाह मन्सुर र क्षेत्र नं. ४ बाट श्यामबाबु गुप्ता उम्मेदवार चयन भएका छन् ।
बारा क्षेत्र नं. १ मा यसअघि उम्मेदवार चयनलाई लिएर उमाकान्त चौधरी र शम्भु बुढाथोकीबीच कडा रस्साकस्सी देखिएको थियो ।
चौधरी लामो समयदेखि सो क्षेत्रबाट निर्वाचनमा सहभागी हुँदै आएका अनुभवी नेता हुन् । उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका अच्युत मैनालीसँग पराजित भएका थिए ।
यसपटक नेकपा एमालेले पनि पुनः मैनालीलाई नै उम्मेदवारको रूपमा अघि सारेपछि बारा क्षेत्र नं. १ को चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। कांग्रेसले नयाँ रणनीतिसहित मैदानमा बुढाथोकीलाई उतारेको छ । बुढाथोकी नेपाली कांग्रेसका लोकप्रिय नेता हुन् । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा उम्मेदवार बनेसँगै नेपाली कांग्रेसमा उर्जा थपिएको थियो ।

वि.सं.२०८२ माघ ५ सोमवार २१:२८
















