skip this farak Kura Pravakar
अख्तियारको अनुसन्धानअनुसार एच.के. इन्टरप्राइजेज नामक कम्पनीमाथि राजस्व चुहावट गरेको आरोपमा विभागमा उजुरी परेको थियो
यसै रकमको केही हिस्सा देवेन्द्र केसी सञ्चालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानीमा समेत प्रयोग गरिएको आयोगको दाबी छ।

झलकराम अधिकारी विरुद्ध घुस प्रकरणमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको मुद्दा

अख्तियारले विशेष अदालतमा पेश गरेको विवरणअनुसार यो घटना २०७९ साल साउनतिरको हो

297 shares
oil-nigam-amlekhgunj-adv.jpeg

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव झलकराम अधिकारी विरुद्ध घुस प्रकरणमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।

आयोगका अनुसार अधिकारीले राजस्व अनुसन्धान विभागको महानिर्देशक रहँदा एक व्यवसायीसँगबाट ७० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ। अख्तियारले सो रकम जग्गा खरिद र ऋण तिर्न प्रयोग गरिएको दाबी गरेको छ।

अख्तियारको अनुसन्धानअनुसार एच.के. इन्टरप्राइजेज नामक कम्पनीमाथि राजस्व चुहावट गरेको आरोपमा विभागमा उजुरी परेको थियो। उक्त मुद्दाबाट जोगिन कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले ७० लाख रुपैयाँ उपलब्ध गराएको बताइएको छ।

आयोगका अनुसार उक्त रकम विकास चापागाईं, देवेन्द्र केसी र रविन्द्र लामिछानेलगायतको सल्लाहमा विभिन्न खातामा राखिएको थियो। त्यसपछि सोही रकम प्रयोग गरेर भक्तपुरस्थित दिव्यश्वरी आयोजना क्षेत्रभित्र करिब ५ आना जग्गा खरिद गरिएको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ।

यसै रकमको केही हिस्सा देवेन्द्र केसी सञ्चालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानीमा समेत प्रयोग गरिएको आयोगको दाबी छ।

अख्तियारले विशेष अदालतमा पेश गरेको विवरणअनुसार यो घटना २०७९ साल साउनतिरको हो। अधिकारी २०७९ असार १ देखि कार्तिक १६ गतेसम्म करिब साढे पाँच महिना राजस्व अनुसन्धान विभागको महानिर्देशक पदमा कार्यरत थिए।

आयोगका अनुसार महानिर्देशक बनेको करिब एक महिनामै उनले घुस लिएको तथ्य अनुसन्धानबाट देखिएको दाबी गरिएको छ। त्यसै आधारमा अख्तियारले उनीविरुद्ध भ्रष्टाचारसँगै गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि दायर गरेको हो।

nijgadh-supermart-adz1200-630