बारा क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार शम्भुबहादुर बुढाथोकीले बुझाए निर्वाचन खर्च वितरण, करिब २० लाख खर्च (सूचीसहित)
वि.सं.२०८२ चैत ४ बुधवार ०९:२७

बारा–बारा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार शम्भु बुढाथोकीले निर्वाचन खर्च विवरण बुझाएका छन् । उनले निर्वाचन आयोगमा पेश गरेको विवरणअनुसार करिब २० लाख रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।
बुढाथोकीका अनुसार निर्वाचन अवधिभर गरिएको प्रचार–प्रसार, सवारी व्यवस्थापन, कार्यकर्ता परिचालन तथा विभिन्न कार्यक्रमहरूमा उक्त रकम खर्च गरिएको हो । खर्च विवरणमा पोस्टर, पम्प्लेट, सभा–समारोह तथा घरदैलो अभियानका लागि गरिएको खर्च मुख्य रूपमा समावेश गरिएको छ ।
निर्वाचन आयोगले तोकेको अनुसूची–४१ (दफा ८० को उपदफा (२) र (३) सँग सम्बन्धित) मापदण्डअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएको निश्चित समयभित्र खर्च विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने प्रावधान रहेको छ । सोही प्रावधानअनुसार बुढाथोकीले पनि समयमै आफ्नो खर्च विवरण पेश गरेका हुन् ।
आयोगले प्राप्त विवरणहरूको अध्ययन गरी तोकिएको सीमा भित्र खर्च भए÷नभएको मूल्यांकन गर्ने जनाएको छ। निर्वाचन पारदर्शिता कायम गर्न खर्च विवरण सार्वजनिक गर्नु महत्वपूर्ण मानिन्छ ।
बारा–१ मा रास्वपाका गणेश धिमाल विजयी भएका छन् । धिमालले २५ हजार ७ सय ७५ मतान्तरले जितेका हुन् ।
उनले ३९ हजार ९ सय ९८ मत पाएका छन् । उनका निकटतम कांग्रेसका केन्दीय सदस्य शम्भुबहादुर बुढाथोकीले १४ हजार २ सय २३ मत ल्याए ।
यस क्षेत्रबाट २०७९ मा निर्वाचित एमाले केन्द्रीय सदस्य अच्युत मैनालीले ११ हजार ६ सय ४५ मत ल्याई तेस्रो स्थानमा भए ।
हेर्नुस् खर्च विवरण

वि.सं.२०८२ चैत ४ बुधवार ०९:२७















