skip this

संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको प्रतिनिधित्व गरेर प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किए

18 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई स्वदेश फर्किनुभएको छ। १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह आज काठमाडौं आइपुग्नुभएको हो।

प्रधानमन्त्री शाह गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले नेपाली समयअनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो।

त्यसपछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालको धारणा प्रस्तुत गर्नुभएको थियो।

भ्रमणका क्रममा प्रधानमन्त्री शाह न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा समेत सहभागी हुनुभएको थियो।

न्युयोर्कको भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह दोहा हुँदै केहीबेरअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो।

nijgadh-supermart-adz1200-630