skip this farak Kura Pravakar

निजगढको बकैया धाममा श्रीराम कथा महोत्सव सुरु

357 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-श्री रामनवमीको पावन अवसरमा निजगढ–८ स्थित श्रीबकैयाधाम (सप्तऋषि धर्मशाला) को जीर्णोद्वार तथा सौन्दर्यकरणका लागि श्रीराम नवमी सेवा समिती द्वारा आयोजित “श्रीराम चरित मानस पाठ पारायण तथा संगीतमय श्रीराम कथा महोत्सव २०८२” सुरु भएको छ ।

महोत्सवको समुद्घाटन श्रीमद्वेदमार्ग प्रतिष्ठापनाचार्य, उभयवेदान्त प्रवर्तकाचार्य, श्री १००८ स्वामी रामप्रपन्नाचार्य ज्यूबाट गरिएको हो। समुद्घाटन समारोहमा आयोजक समितिका अध्यक्ष श्यामबाबु साह ले स्वामी रामप्रपन्नाचार्यलाई अभिनन्दन गर्नुभएको थियो।

उक्त अवसरमा बोल्दै श्री १००८ स्वामी रामप्रपन्नाचार्य ले बकैया बाबा परिसरमा सञ्चालन भइरहेको रामकथामार्फत स्थानीय भक्तजनलाई आध्यात्मिक ज्ञान प्राप्त गर्ने अवसर मिलेको बताउनुभयो।

आयोजकका अनुसार महोत्सव चैत ७ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ। दैनिक कार्यक्रमअन्तर्गत बिहान ७:०० बजेदेखि नित्य हवन पूजा तथा श्रीराम चरित मानस पाठ पारायण, दिउँसो १:०० बजेदेखि संगीतमयी श्रीराम कथा, साँझ ६:३० बजेदेखि श्री बकैया शृङ्गारिक सन्ध्या महाआरती, तथा राति ७:३० बजेदेखि राष्ट्रिय कलाकारहरूद्वारा भजन सन्ध्या एवं झाँकी प्रदर्शन गरिनेछ।

त्यसैगरी, चैत १३ गते विशेष कार्यक्रम अन्तर्गत दिउँसो ४:३० बजे शोभायात्रा तथा साँझ ६:३० बजे महाप्रसाद एवं महाआरती आयोजना गरिने जनाइएको छ।

श्रीबकैयाधामका प्रवक्ता समेत रहनुभएका आर्चाय श्रीअभिषेकले राम कथा प्रमुख बाचकका रुपमा सुनाउनु हुनेछ ।

महोत्सवको आयोजना श्रीराम नवमी सेवा समिती, निजगढ–बारा ले गरेको हो भने व्यवस्थापन सप्तऋषी सेवा समिती, निजगढ–८, बकैया धाम ले गरिरहेको छ। आयोजकले धार्मिक एवं सामाजिक कार्यमा सहयोग गर्न सबैलाई “दान गरौँ, पुण्य कमाऔँ” भन्ने सन्देशसमेत दिएका छन्।

nijgadh-supermart-adz1200-630