skip this farak Kura Pravakar

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, निजगढको दशौं वार्षिक साधारण सभा सम्पन्न

354 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, निजगढको दशौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।

साधारण सभाको प्रमुख अतिथि मधेश प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री जवाहरलाल कुश्वाहाले गमलामा पानी हालेर उद्घाटन गरेका छन् ।

निजगढ–८ स्थित शुभकार्य बैंक्युइट हलमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष कोइरालाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य कार्यसमिति सदस्य सुनमाया लोप्चन र सञ्चालन कार्यसमितिका सचिव यतिराज सापकोटाले गर्नुभएको थियो।

बन्द सत्रअन्तर्गत विद्युत महशुल भुक्तानी सम्बन्धी प्रस्ताव पेश, लेखा परीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरिएको थियो। कोषाध्यक्ष गीता भट्टराईले आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन तथा २०८१/०८२ र २०८२/०८३ को अनुमानित आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। त्यस्तै लेखा संयोजक रोशनकुमार तिमल्सिनाले लेखासमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभाले प्रस्तुत सबै प्रस्तावहरू पारित गरेको जनाएको छ।

कार्यक्रममा मधेश प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री जवाहरलाल कुश्वाहा, मधेश प्रदेश सांसद मिना लामा, निजगढ नगरपालिकाका प्रमुख तथा संस्थाका पूर्व अध्यक्ष सुरथ पुरी, पूर्व उपप्रमुख लिलादेवी लामिछाने, संस्थापक अध्यक्ष अम्बिका चौलागाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

त्यसैगरी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका तिलकबहादुर अधिकारी, नेपाली काँग्रेसका महेशी कुमार, नेकपा (एमाले) का थानेश्वर सापकोटा, नेकपाका भिमप्रसाद सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका खड्गप्रसाद उप्रेती तथा जनमत पार्टीका मोजहर मन्सुरले खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

कार्यक्रममा निजगढ नगरपालिका कार्यपालिका सदस्य अरुणा विक, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बारा–पर्साकी डिभिजन इञ्जिनियर सम्झना लामिछाने, गौरी शंकर क्याम्पस प्रमुख टिकाराम भट्टराई, समाजसेवीहरू सन्तोष दंगाल, पदमबहादुर भण्डारी, दिलबहादुर लामा, दुर्गा कोइराला लगायतको उपस्थिति रहेको थियो। साथै निजगढ वृहत खानेपानी आयोजनाको निर्माण कम्पनी जलजला अम्बरशान्ति प्रयन जेभीका प्रतिनिधि प्रविण धिमालको पनि सहभागिता रहेको थियो।

nijgadh-supermart-adz1200-630