skip this

भेनेजुएला भूकम्प : भग्नावशेषबाट नवजात शिशुको ३२ घण्टापछि जीवितै उद्धार

18 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि उद्धारकर्मीहरूले भग्नावशेषमुनिबाट एक नवजात शिशुलाई ३२ घण्टापछि जीवितै उद्धार गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरी भेनेजुएलाको ला ग्वाइरा क्षेत्रमा भत्किएको भवनको भग्नावशेषमुनि फसेका करिब १८ दिनको शिशुलाई अमेरिकी खोज तथा उद्धार टोलीले जीवितै उद्धार गरेको हो ।

भिडियोमा उद्धारकर्मीहरूले शिशुलाई सावधानीपूर्वक बाहिर निकालेको देखिन्छ । त्यसपछि ती शिशुलाई उपचारका लागि पठाइएको थियो ।

शिशुको उद्धारको केही समयपछि उनकी आमालाई पनि जीवितै उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भूकम्पपछि करिब ३२ घण्टासम्म भग्नावशेषमुनि रहे पनि शिशु र आमाको अवस्था स्थिर रहेको बताइएको छ ।

सयौं उद्धारकर्मीहरू अझै पनि भग्नावशेषमा फसेका सम्भावित जीवित व्यक्तिहरूको खोजीमा जुटिरहेका छन् ।

यसैबीच, संयुक्त राज्य अमेरिकाले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सघाउन थप विमान, उद्धारकर्मी, सैन्य जनशक्ति तथा आपत्कालीन सहायता सामग्री परिचालन गरिरहेको जनाएको छ । अमेरिकी तथा अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले स्थानीय निकायसँग समन्वय गरेर जीवन बचाउने अभियानलाई तीव्रता दिएको फक्स न्यूजले जनाएको छ ।

मृतकको संख्या १ हजार ४३० पुग्यो

२०२६ जुन २८ मा भूकम्पका दुई शक्तिशाली धक्काका भेनेजुएलामा कम्तीमा १४३० जनाको मृत्यु भएको एपी न्यूजले जनाएको छ । ३ हजार २०० भन्दा बढी घाइते छन् भने ६८ हजार भन्दा धेरै व्यक्ति सम्पर्कविहीनको सूचीमा छन् ।

ला ग्वाइरा, राजधानी काराकास र ती आसपासका क्षेत्र सबैभन्दा बढी प्रभावित छन् । प्रभावित क्षेत्रमा उद्धार कार्य अझै जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान छ ।

अमेरिका, अर्जेन्टिना, एल साल्भाडोरलगायतका देशका खोज तथा उद्धार टोलीहरू सहभागी छन् ।

 

nijgadh-supermart-adz1200-630