skip this

निजगढ सिटी अस्पतालमा अन्तिम शनिबार वरिष्ठ मनोचिकित्सकको सेवा उपलब्ध हुने

36 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-निजगढ सिटी अस्पतालमा काठमाडौंका वरिष्ठ मनोचिकित्सक डा. उद्धव लामाको विशेषज्ञ सेवा उपलब्ध हुने भएको छ।

अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार MBBS, MD तथा Senior Consultant Psychiatrist डा. लामाले हरेक महिनाको अन्तिम शनिबार अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछन्।

डा. लामाबाट डिप्रेसन, एन्जाइटी, बाइपोलार डिसअर्डर, स्किजोफ्रेनिया, ओसीडी, अनिद्रा, लागुऔषध तथा मदिराको लतलगायत विभिन्न मानसिक स्वास्थ्य समस्याको उपचार तथा परामर्श सेवा लिन सकिने अस्पतालले जनाएको छ। आत्महत्या सोच तथा अन्य मानसिक समस्याका लागि समेत विशेषज्ञ परामर्श उपलब्ध हुने बताइएको छ।

अस्पतालका अनुसार २०८३ साल मंसिर ३० गते शनिबार बिहान ७ बजेदेखि सेवा सुरु हुनेछ। मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका तथा विशेषज्ञ चिकित्सकको परामर्श लिन चाहने बिरामीले निजगढ सिटी अस्पताल, निजगढ–८, बकैया टोल, बारामा सम्पर्क गर्न सक्नेछन्।

अस्पतालले यस सेवाबाट निजगढ तथा आसपासका क्षेत्रका नागरिकलाई काठमाडौंसम्म धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरेको छ ।

**सम्पर्क:** ०५३–५८०३०५, ९८६९८८३४७०, ९८०७२३६९१०३

nijgadh-supermart-adz1200-630