बाढीपीडितको सहयोगका लागि राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनद्वारा १ लाख २ हजार सहयोग
वि.सं.२०८३ भदौ २४ बुधवार २०:१४
81
shares

बारा-जीतपुरसिमरा उपमहानगरपालिका–१५, डुमरवानास्थित राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन परिवारले बाढीपीडितको राहत तथा उद्धारका लागि रु. १ लाख २ हजार सहयोग गरेको छ ।
विद्यालय परिवारले भाद्र १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
विद्यालयका सञ्चालक विदुर खड्काले विपद्को समयमा पीडित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले विद्यालय परिवारको तर्फबाट यो सानो प्रयास गरिएको जानकारी दिए ।
उनले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडामा मलम लगाउन सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
वि.सं.२०८३ भदौ २४ बुधवार २०:१४

















