skip this

भोटेकोशी बाढीपीडितका लागि निजगढ नगरपालिकाले ४० लाखभन्दा बढी सहयोग गर्ने

81 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि निजगढ नगरपालिकाले ४० लाख ४० हजार ४ सय ४० रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

निजगढ नगरपालिकाका मेयर सुरथ पुरीका अनुसार उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

नगरपालिकाले जनप्रतिनिधिहरूको १० दिनको सेवा–सुविधा, शिक्षक तथा कर्मचारीहरूको २ देखि ७ दिनसम्मको सेवा–सुविधा र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम जुटाएर सहयोग गर्ने निर्णय गरेको हो ।

भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै विपद्मा परेका परिवारलाई राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने उद्देश्यले नगरपालिकाले यस्तो निर्णय गरेको मेयर पुरीले जानकारी दिए ।

नगरपालिकाले संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।

यसअघि निजगढ नगरपालिकाले शोक सन्देश जारी गर्दै भोटेकोशी बाढीबाट भएको क्षतिप्रति द्वारा दुःख व्यक्त गरेको थियो ।

 

nijgadh-supermart-adz1200-630