बाराका विभिन्न स्थानीय तहले धमाधम विद्यालय विदा
वि.सं.२०८३ असोज ८ बिहीवार २१:३२
198
shares

बारा-अविरल वर्षा र त्यसबाट हुन सक्ने बाढी, पहिरो तथा डुबानको विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै बाराका विभिन्न स्थानीय तहले धमाधम विद्यालय विदा दिन थालेका छन ।
जल तथा मौसम विज्ञान विभागको चेतावनी र शिक्षा मन्त्रालयको निर्देशनमा आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने पूर्वानुमानसहित सूचना जारी गरेसँगै विद्यालय विदा दिईएको हो ।
विद्यार्थीको आवातजावतमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बाराको निजगढ नगरपालिकाले असोज ९ गतेलाई स्थानीय विदा मिलाएर आवश्यकता अनुसार विद्यालय विदा गर्न सूचना जारी गरेको छ ।
त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकाले असोज ८ र ९ गते विद्यालय विदा दिएको छ ।
वि.सं.२०८३ असोज ८ बिहीवार २१:३२

















