skip this

दोस्रो सिंगौल नकआउट फुटबल प्रतियोगिता सुरु, सिंगौल एफसी, पशुपति र लालिगुराँसको विजयी सरुवात

90 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–वर्षाले रोकिएको दोस्रो सिंगौल नकआउट फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।

बाराको निजगढ–२ स्थित श्री लोकप्रीय आधारभूत विद्यालयको खेलमैदानमा निजगढ २ नं. को कार्यालयको सहयोगमा बन्देवी युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको वडा अध्यक्ष राजन श्रेष्ठले उद्घाटन गरेका छन् ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन पहिलो दिन तीन वटा खेल सञ्चालन भएको छ । जसमा लालिगुराँस युवा क्लब निजगढ, पशुपति युवा क्लब, सिंगौल एफसीले विजयी सरुवात गरेका छन् ।
पहिलो खेल जनएकता यूवा क्लबलाई ४–० गोल अन्तरले सिंगौल एफसीलाई पराजित गर्दै विजयी भएको छ ।

त्यस्तै दोस्रो खेलमा जनसेवा यूवा क्लबलाई ट्राईब्रेकरमा पराजित गर्दै पशुपति यूवा क्लब विजयी भएको हो ।

त्यसैगरि तेस्रो खेलमा ट्रयाक्टर संघलाई ४–१ गोल अन्तरले पराजित गर्दै लालिगुराँस युवा क्लब विजयी भएको हो ।

प्रतियोगिता अन्तर्गत सोमबार आयोजक बन्देवी यूवा क्लब (ए) र जनसृजनशील युवा क्लब विच खेल हुने आयोजकले जनाएको छ ।

nijgadh-supermart-adz1200-630