skip this

निजगढको गौरीशंकर क्याम्पसमा बीसीए, बीबीए र एमबीएस कार्यक्रम सञ्चालनको अनुमति

144 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको निजगढ नगरपालिका–९ स्थित गौरीशंकर क्याम्पसले थप तीन शैक्षिक कार्यक्रम सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयबाट अनुमति प्राप्त गरेको छ। विश्वविद्यालयको निर्णयसँगै क्याम्पसमा उच्च शिक्षाका थप अवसर विस्तार हुने भएको छ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयअन्तर्गत योजना निर्देशनालयले कार्तिक २१ गते २०८३ मा प्रकाशित गरेको अत्यन्त जरुरी सूचनाअनुसार गौरीशंकर क्याम्पसले मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) तथा व्यवस्थापन सङ्कायतर्फ स्नातक तहको बीबीए (ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन) र स्नातकोत्तर तहको एमबीएस (मास्टर अफ बिजनेस स्टडिज) कार्यक्रम सञ्चालनको अनुमति पाएको हो।

शिक्षा संकायसहित प्रस्ताव पेश गरिएकोमा बीसीए, बीबीए र एमबीएस तीन वटा संकायको अनुमति प्राप्त भएको क्याम्पस प्रमुख दिपक श्रेष्ठले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूमा नयाँ विषय, कार्यक्रम, सेक्सन र कोटा थप गर्ने सम्बन्धमा निर्धारित मापदण्ड पूरा गरी न्यूनतम ६० अङ्क प्राप्त गर्ने क्याम्पसहरूलाई प्राथमिकताका आधारमा नयाँ कार्यक्रम थप गर्न स्वीकृति दिने निर्णय गरेको थियो।

विश्वविद्यालयको कार्यकारी परिषद्को २०८३ साल कार्तिक २१ गतेको निर्णयअनुसार योग्य क्याम्पसहरूलाई बढीमा दुईवटा नयाँ कार्यक्रम वा विषय तथा सेक्सन र कोटा थप गर्न अनुमति दिने व्यवस्था गरिएको छ।

यस निर्णयसँगै गौरीशंकर क्याम्पसमा बीसीए, बीबीए र एमबीएसजस्ता प्राविधिक तथा व्यावसायिक शिक्षासँग सम्बन्धित कार्यक्रम सञ्चालन हुने बाटो खुलेको छ। यसले निजगढ र आसपासका क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।

विश्वविद्यालयले सम्बन्धित कार्यक्रम थपका लागि प्राथमिकता निर्धारण गरी २०८३ मंसिर १ गतेदेखि १५ गतेसम्म अनलाइन आवेदन पेस गर्नसमेत सम्बन्धित क्याम्पसहरूलाई सूचित गरेको छ।

nijgadh-supermart-adz1200-630