skip this

निजगढमा घरजग्गा कारोबार गर्न जे एनडी ग्रुपको शाखा स्थापना

93 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-बाराको निजगढमा घरजग्गाको खरिदबिक्रीलाई व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यसहित निजी क्षेत्रबाट संस्थागत पहल सुरु भएको छ । घरजग्गा कारोबार गर्दै आएको जे एनडी ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनी प्राइभेट लिमिटेडले निजगढ नगरपालिका–८, बुद्धचोकमा आफ्नो शाखा कार्यालय स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो ।

नवस्थापित कार्यालयको मंगलबार एक समारोहबीच निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनिधि, पूर्वनगर प्रमुख सुरेश खनाल, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

रौतहटको चन्द्रनिगाहपुरसहित देशका विभिन्न स्थानमा घरजग्गा कारोबार गर्दै आएको कम्पनीले अब निजगढ क्षेत्रमा पनि घर, घडेरी तथा जग्गाको खरिदबिक्री गर्ने जनाएको छ ।

काठमाडौँ–तराई/मधेस द्रुतमार्गको प्रवेश विन्दु तथा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रसमेत रहेको निजगढलाई घरजग्गा लगानीको सम्भावना बोकेको क्षेत्रका रूपमा हेरिँदै आएको छ । पछिल्लो समय निजगढमा स्थानीयसँगै काठमाडौँलगायत देशका विभिन्न स्थानका व्यक्ति तथा व्यवसायीले समेत जग्गामा लगानी गर्दै आएका छन् ।

कम्पनीले निजगढमा घरजग्गाको कारोबारलाई कानुनी प्रक्रिया र व्यावसायिक प्रणालीअनुसार अघि बढाउने लक्ष्य लिएको कार्यालय प्रमुख नवराज तिमल्सिनाले बताउनुभयो ।

कार्यालय उद्घाटन भएकै दिन घरजग्गा खरिद तथा बिक्री गर्न चाहने दर्जनौँ सेवाग्राहीले कम्पनीसँग सम्पर्क गरेको उहाँले जानकारी दिनुभयो । तिमल्सिनाका अनुसार कम्पनीसँग हाल बिक्रीका लागि १५ कठ्ठाभन्दा बढी क्षेत्रफलमा प्लटिङ गरिएका घडेरी तथा पक्की घरसहितका घडेरी उपलब्ध छन् ।

घरजग्गा खरिदबिक्री गर्न इच्छुक सेवाग्राहीले निजगढ–८, बुद्धचोकस्थित कम्पनीको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630