skip this

काठमाडौं उपत्यकाका १६ अस्पतालमा पारा सिटामोल वितरण

1.62K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : काठमाडौं उपत्यकाका १६ अस्पतालमा पारा सिटामोल वितरण गरेको गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८८ हजार ट्याब्लेट विवरण गरिएको जनाएको छ । १६ अस्पतालमा पाँच सय एमजीका पारा सिटामोलका ट्याब्लेट वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

महाराजगञ्जस्थित शिक्षण अस्पताल दश हजार, पाटन अस्पतालमा १० हजार, राष्ट्रिय ट्रमा सेन्टरमा दश हजार, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा छ हजार, वीर अस्पतालमा पाँच हजार सिभिल अस्पतालमा दश हजार र परोपकार तथा स्त्री रोग अस्पतालमा पाँच हजार दिइएको छ।

यस्तै महाराजगञ्जस्थित पुलीस अस्पतालमा पाँच हजार, वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा पाँच हजार, गंगालाल राष्ट्रिय मुटु सेन्टरमा दुई हजार, धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा दुई हजार, भक्तपुर अस्पतालमा पाँच हजार, भक्तपुर क्यान्सर अस्पतालमा दुई हजार, राष्ट्रिय आयुर्वेद तालिम तथा रिचर्स केन्द्रमा तीन हजार र आयुर्वेद अस्पताल नरदेवीमा दुई हजार गरेर ८८ हजार ट्याब्लेट वितरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

nijgadh-supermart-adz1200-630