skip this

बतास समुहलाई एक पछि अर्को धक्का : धर्मशाला भाडामा दिने निर्णय खारेज

975 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : बतास समूहको होटेल आनन्द प्रालिलाई तिलगंगामा रहेको धर्मशाला भाडामा दिने निर्णय खारेज भएको छ ।
पशुपति विकास कोषको आजको बैठकले धर्मशाला भाडामा दिने निर्णय खारेज गरेको हो ।
कोषको सञ्चालक परिषद्को बैठकले धर्मशाला भाडामा दिएकोबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन अनुमोदन गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।
समितिको प्रतिवेदन बैठकले अनुमोदन गरेको बताउँदै कोषका कोषाध्यक्ष नारायण सुबेदीले आनन्द होटेललाई धर्मशाला भाडामा दिने अघिल्लो पदाधिकारीको निर्णय खारेज भएको बताए ।
२०७५ मङ्सिर २७ मा बतास समूहको आनन्द होटेललाई भारत सरकारको सहयोगमा बनेको धर्मशाला भाडामा दिने सहमति भए पनि सोबारे सञ्चालक परिषद्बाट निर्णय नभएको भन्दै बैठकले सम्झौता खारेज गर्ने निर्णय गरेको हो।

nijgadh-supermart-adz1200-630