राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै : निर्वाचन आयोग
वि.सं.२०७८ माघ १२ बुधवार ०७:४२
1.96K
shares

काठमाडौं : १९ पदका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका हुन् । ‘कुनै विघ्न बाधा आएन भने मत परिणाम आजै रातिसम्म सार्वजनिक हुने आयोगको अपेक्षा छ,’ पौडेलले भने ।
सात वटै प्रदेशमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । त्यसपछि हुने मतगणनाको व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई नै जिम्मा दिइएको छ ।
वि.सं.२०७८ माघ १२ बुधवार ०७:४२

















