skip this farak Kura Pravakar

महोत्तरीमा प्रतिबन्धित १६० केजी गाजा बरामद

1.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

महोत्तरी : सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलाेग्राम गाजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी छिनमस्ता बाहीनीबाट खटिएको टोलीले रानीरतवाडाबाट गाजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडामगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको परालको टौवाबाट १ सय ६० गाजा फेला परेको हो ।
परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाजा रहेको प्रहरीले जनाएको छ । बरामद भएको गाजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको ठाडामगरले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630