भिजिट भिसामा हुने ठगी रोक्न मार्सल टिम गठन
वि.सं.२०७८ माघ १४ शुक्रवार १४:३६
1.27K
shares

काठमाडौं । सरकारले भिजिट भिसाका नाममा हुने ठगी रोक्न मार्सल टिम बनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णुराज लामिछानेको नेतृत्वमा गठन गरिएको मार्सल टिमले ठगी गर्नेको पहिचानगरि कारबाही गर्ने छ ।
मार्सल टिममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिनिधि पनि रहने गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।
वि.सं.२०७८ माघ १४ शुक्रवार १४:३६

















