निजगढको लालमा ट्याक्टरले किचेर ९ वर्षीय बालकको मृत्यु
वि.सं.२०७८ चैत २३ बुधवार २१:१०
2.69K
shares

बारा : बारा निजगढको लालमा ट्याक्टरले किचेर ९ वर्षीय बालक मृत्यु भएको छ ।
निजगढ नगरपालिका-१० लालमा स्थानीय बुद्धिलाल बम्जनको ९ वर्षीय छोरा विपास बम्जनको ट्याक्टरले किचेर मृत्यु भएको हो ।
बुधबार बिहान ८ बजे ट्याक्टरमा चढ्ने क्रममा रोटाभेटरले किचिन गई घटनास्थलमै बम्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्र.२–०३–००१ त १३१३ नम्बरको ट्याक्टर स्थानीय सूर्य बम्जनको खेत जोत्न प्रयोग गरिएको थियो । बालक दिपासलाई आफूसँगै ट्याक्टरको सिटमा बसाएर खेत जोत्दै गर्दा अचानक तल झर्दा रोटाभेटरमा परेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि ट्याक्टर चालक फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
वि.सं.२०७८ चैत २३ बुधवार २१:१०

















