skip this farak Kura Pravakar

निजगढको सडकटोलमा कारको ठक्करबाट साईकलयात्री घाईते

कार प्रहरी नियन्त्रणमा, चालक पक्राउ नगरेको भन्दै स्थानीयको विरोध

3.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ ६ सडकटोलमा कारको ठक्करबाट एक साईकल यात्रु घाईते भएकी छिन् । घाईते हुनेमा स्थानीय ४५ वर्षिया लक्ष्मी श्रेष्ठ रहेकी छिन् ।

उनलाई शहीदचोकबाट जाँदै गरेको बा ३४ प ८४३५ नम्बरको कारले ठक्कर दिएको थियो । घाईते भएकी श्रेष्ठलाई सोही कारमा राखेर निजगढ सामुदायिक अस्पताल पु¥याईएको थियो ।

टाउँकोमा चोट देखिएपछि प्राथमिक उपचारपछि सिटी स्क्यान गर्न सहज हुने भएपछि वीरगञ्ज रिफर गरिएको निजगढ सामुदायिक अस्पतालका डा. सतिश निरौलाले जानकारी दिए । घाईते श्रेष्ठको नारायणी बयोधा अस्पताल वीरगञ्जमा उपचार भईरहेको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त छ ।

ठक्कर दिने कार प्रहरी नियन्त्रणमा छ भने चालक सम्पर्क विहीन छन् । यसैविच चालक पक्राउ नगरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । स्थानीय ईलाका प्रहरी कार्यालय अगाडी टायर बालेर प्रदर्शन गरेका छन् । सडकमा सवारी साधन सञ्चालनमा समेत अवरोध गरेका छन् ।

nijgadh-supermart-adz1200-630