आध्यामिक संस्थाको परोपकारी कर्म : मन्दिरको वार्षिकोत्सवमा रक्तदानदेखि दन्त शिविरसम्म
वि.सं.२०८० चैत ११ आइतवार १३:३३
बारा–बाराको निजगढ नगरपालिका–६ सडकटोलस्थित श्रीकृष्ण प्रणामी मन्दिर प्रणामीनगरले स्थापनाको ३१ औं वार्षिकोत्सव मनाईरहेको छ ।
वार्षिकोत्सव कार्यक्रमलाई आध्यामिकसँगै परोपकारी बनाईएको छ । पाँच दिनसम्म मनाईएको कार्यक्रमको प्रचारप्रसारका निमित्त नगरमा मोटरसाईकल र्याली निकालिएको थियो ।
मन्दिरभित्र आध्यामिक कार्यक्रम र बाहिर परोपकारी कर्म चलाईएको थियो । मन्दिरमा पाँच दिने यज्ञ आयोजना भईरहेको छ, जहाँ भक्तजन मधुर बचन श्रवण गरिरहेका छन् भने भक्तभावमा झुमिरहेका हुन्छन् ।
विदुषी उषा घिमिरे, साहित्यचार्य जनार्दन महाराज र धर्म प्रचारक श्यामदास कुवरले कथा बाचन गरिरहेका छन् । श्रीमुख ब्रम्हवाणी चर्चा एवंम् श्रीकृष्ण कथा कार्यक्रम २०८० चैत्र १ गते देखि चैत्र ५ गतेसम्म चलेको थियो । त्यसको पहिलो दिन कलश यात्रा निकालिएको थियो ।
मन्दिर बाहिर जीवनदान दिने परोपकारी कार्य रक्तदान भएको हुन्छ, जसमा ११ महिलासहित ६३ जना सहभागि भए । त्यसैगरि अर्को परोपकारी कार्य दन्त शिविरमा एक सय २० जनाले परीक्षण गराएका छन् ।
दन्त शिविरमा रौतहटको चन्द्रपुरस्थित प्रणामी डेन्टल हाउस, प्राथमिक स्वास्थ्य केन्द्र निजगढ र निजगढ सामुदायिक अस्पतालको सहयोगी भूमिका थियो ।
जसको उद्घाटन मधेस प्रदेशकी सांसद मिना लामाले गरेकी थिईन् । भने रक्तदान कार्यक्रमको उद्घाटन संघीय सांसद अच्युत मैनालीले गरे । त्यसअघि यज्ञको उद्घाटन निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले गरेका थिए ।
मन्दिर समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाका अनुसार मन्दिरले सभाहल निर्माणको उद्देश्यले अघि बढिरहेको बताउँदै २०८२ सालमा हुने बृहत कार्यक्रमको योजना बनाईएको छ ।
अध्यक्ष तिमल्सिना समाजलाई गलत बाटोमा जान नदिन असल मार्गमा लैजान विभिन्न सचेतनामूलक कार्यक्रम समेत गरिरहेको बताउँछन् ।
वि.सं.२०८० चैत ११ आइतवार १३:३३