skip this

उदयपुरको कटारीमा ईनारभित्र एक जनाको शव फेला

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । उदयपुरको कटारी नगरपाकिा– ४ तित्रीबोटमा एक जना जेष्ठ नागरिकको शव ईनारभित्र फेला परेको छ । कटारी नगरपालिका – ४ तित्रीबोटका ७० वर्षीय पन्चसिंह दनुवारको शव ईनारभित्र फेला परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । परिवारकै सदस्यले ईनारमा शव देखेपछि प्रहरीलाई खवर गरेका थियो ।

घटनास्थल पुगेर शव निकालेर पोष्टमार्टमका लागि कटारी अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी मानबहादुर राईले राईले बताए । घटनाका विषयमा थप अनुसन्धान भई रहेको पनि उनले जानकारी दिए । कसरी घटना भयो अनुसन्धान गरिरहेका छौं ’, डिएसपी राईले भने ।घटना लगत्तै शसस्त्र प्रहरी वेस क्याम्प कटारीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र बस्नेतलगायतका प्रहरीको टोलीले शव ईनारबाट निकालेको थियो ।

nijgadh-supermart-adz1200-630