skip this

निजगढमा एक महिने श्रीमद् वितक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुने

48 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–६, श्रीकृष्ण प्रणामी धर्मको विशेष पर्वका अवसरमा एक महिने ‘श्रीमद् वितक चर्चा एवं श्रीकृष्ण कथा’ कार्यक्रम आयोजना हुने भएको छ ।

श्रीकृष्ण प्रणामी मन्दिर सन्चालक समिती निजगढ ६ सडकटोलको आयोजनामा हुन लागेको उक्त धार्मिक अनुष्ठान २०८३ श्रावण १८ गतेदेखि भाद्र १९ गते सम्म सञ्चालन हुने भएको हो ।

​प्रणामी समाजका प्रखर विद्वान शास्त्री श्री नविनकृष्ण ढुङेल उपाध्यायको मुखारबिन्दबाट सङ्गीतमय धार्मिक कथा एवं चर्चा प्रवचन हुने आयोजक समितिले जनाएको छ ।

कार्यक्रमको २०८३ श्रावण १८ गते, बिहान ११:०० बजे समुद्घाटन हुने कार्यक्रम तय भएको छ भने हरेक दिन कथा बाचन बिहान ११:३० देखि दिउँसो ३:३० बजेसम्म चल्ने छ ।

रात्रीकालिन समयमा बिबिध धार्मिक तथा सास्कृतिक कार्यक्रम हुने मन्दिर ब्यवस्थापन समितिका सचिव प्रकाश सापकोटाले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630