skip this

भदौ १० भित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न जीतपुरसिमरा उपमहानगरको निर्देशन, अन्यथा निकासा रोक्का हुने

39 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठन गर्न निर्देशन दिएको छ ।

उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मिति २०८३ साउन २० गते जारी गरेको सूचनाअनुसार हालसम्म विद्यालय व्यवस्थापन समिति गठन नभएका विद्यालयहरूले पालिकाको शिक्षा ऐन, २०७५ (पहिलो संशोधन, २०८३ सहित) तथा शिक्षा नियमावली, २०५९ (दशौं संशोधन सहित) बमोजिम विद्यालय व्यवस्थापन समिति गठन गरी २०८३ भदौ १० गतेभित्र कार्यालयलाई जानकारी गराउनुपर्ने भएको छ ।

कार्यालयले तोकिएको समयसीमाभित्र विद्यालय व्यवस्थापन समिति गठन गरी जानकारी नदिने विद्यालयमाथि आवश्यक प्रशासनिक कारबाहीस्वरूप सरकारी निकासा रोक्का गरिने चेतावनी समेत दिएको छ ।

उपमहानगरपालिकाले विद्यालय सञ्चालनलाई कानुनी, पारदर्शी तथा प्रभावकारी बनाउन विद्यालय व्यवस्थापन समितिको गठन अनिवार्य रहेको उल्लेख गर्दै सबै सामुदायिक विद्यालयलाई समयमै प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

nijgadh-supermart-adz1200-630