skip this

कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सर्लाही । सर्लाहीमा कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । उक्त दुर्घछनामा परि हरिवन नगरपालिका ११ बस्ने ३८ वर्षीय गुरुप्रसाद ढुंगेलको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

ना.३३प २२९५ नम्बरको मोटरसाइकलमा सबार ढुंगेललाई हरिवन नगरपालिका १० स्थित नयाँ रोडमा बा.७च ९२२२ नम्बरको कारले ठक्कर दिएको थियो ।गम्भीर घाइते भएका उनको हरिवनमै प्राथमिक उपचारपछि वीरगञ्ज पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630