सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रु पक्राउ
वि.सं.२०७९ वैशाख २० मंगलवार ०९:५९
1.03K
shares

काठमाडौं । १ सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना यात्रु पक्राउ परेका छन् ।कुवेतबाट जजिरा एअरमा आज मंगलबार बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका रुपन्देहीका २८ वर्षीय युवकलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो ।
चेकजाँचका क्रममा मिक्सरको भित्री भागमा करिब १०० ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको पाइएपछि युवकलाई नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जनाएको छ ।ऐनको व्यवस्था अनुसार १०० ग्राम सुनको एक लाख ५६५ रुपैयाँ राजस्व तिर्नु पर्ने भए पनि ती युवकले राजस्व छल्नकै लागि लुकाएर सुन ल्याएको कार्यालयले जनाएको छ ।
वि.सं.२०७९ वैशाख २० मंगलवार ०९:५९

















